Logo

नेपालमा रहेका विदेशीका लागि चाटर्ड विमान



काठमाडौं, १३ चैत्र । नेपालमा रहेका विदेशी नागरिकहरु धमाधम आफ्नो देश फर्कने तयारीमा लागेका छन् । नेपालमा पर्यटक बनेर आएका वा विभिन्न संघसंस्थामा कार्यरतहरु फर्कने तयारीमा छन् ।

आकस्मिकबाहेक कुनैपनि विमान अवतरण र उडान भर्न नपाउने निर्णय भएपनि विशेष परिस्थितमा सरकारको अनुमतीले विमान उडान र अवतरणको अनुमति दिने भनिएको छ । विदेशी नागरिक नेपालमा रहेको अवस्थामा चाटर्ड विमानबाट सम्बन्धित देशले लान चाहेमा दुई पक्षीय छलफल गरी व्यवस्था गरिएको छ ।

फ्रान्सले आफ्ना नागरिकहरुलाई विशेष विमानबाट लाने भएको छ । पोखरामा अलपत्र परेका ५९ जनालाई काठमाडौं ल्याइएको र उनीहरुलाई चाटर्ड विमानबाट फ्रान्स लाने तयारी भइसकेको छ ।

विश्वस्त स्रोतका अनुसार अन्य देशले पनि आफ्ना नागरिकलाई लान चाटर्ड विमान ल्याउने तयारी गरेका छन् । आफ्नो देशको राजदूतावासमार्फत् नेपाल सरकारसँग समन्वय गरी चाटर्ड विमान ल्याएर लाने तयारी गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेपछि कतिपय देशका नागरिक अलपत्र परेका छन् ।



प्रतिक्रिया दिनुहोस्