Logo

अभिकांश तरकारीको थोक मूल्य बढ्यो (मूल्य सूचिसहित)



काठमाडौं, लकडाउनका कारण किसाको बारिमा नै तरकारी कुहिन थालेको छ भने बजारमा तरकारीको मूल्य छोइनसक्नु भएको छ । कालिमाटी तरकारी तथा फलफूल बजार बिकास समितिका अनुसार पछिल्ला दिनमा लकडाउनले पूर्ण समय बजार नखुल्दा उक्त असर मूल्यमा परिहेको छ ।

शुक्रबार आलु, गाँजर, काउली, मुला,च्याउ, रायो, पालुंगो, चमसुर, मेथीको साग, हरियो प्याज जिरीको साग, सौफको साग लगायतका तरकारीको मूल्य अन्य दिनको तुलनमा बढेको छ ।

आजका कालिमाटि बजारमा नेपाली ठूलो गोलभेडा ५० देखि ५५ रुपैयाँ किलो विक्रि भईरहेको छ भने नेपाली सानो गोलभेडा ६५ देखि ७० रुपैयाँ रहेको छ । टनेलमा फलाएको नेपाली गोलभेडाको मूल्य भने ७० देखि ८० रुपैयाँ किलो विक्रि भई रहेको छ ।

त्यस्तै, रातो आलु ३४ देखि ३६, सुकेको प्याज, ४७, गाजर ३५, बन्दा २५ देखि ३०,काउली ४०,मूला २५,भान्टा ४०, बोडि १२०,मटरकोसा ५०,तिते करेला १२०,लौका ७०,मेथिको साग ७० रुपैयाँ प्रतिकिलो विक्रि भईरहेको छ । बजारमा प्रशस्त मात्रामा तरकारी नआउदा मूल्य बढ्दै गएको र तरकारीको आपुर्तिसमेत नहुने अवस्था देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्