Logo

डा. कोइरालाको अपिल : आजको दिनमा धेरै रोग बजारमा आईसकेको छैन, घरभित्रै बसौं



काठमाडौं, १४ चैत्र । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले कोरोना भाइरसपछिको विश्व अवस्थालाई मानव जातिकै विषम परिस्थितिको रुपमा चित्रण गरेका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. कोइरालाले सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सबै नेपाली जनता संयमित भएर अघि बढ्नुपर्ने र जनस्वास्थ्यका विज्ञले दिएको सुझाव तथा निर्देशन अक्षरंश पालना गर्नुपर्नेमा जोड दिए ।

उनले भने,”घरभित्रै बसौं । वृद्धवृद्धाहरुलाई टाढैबाट स्याहारसुसार गरौं । नियमित हात धोऔं । स्यानिटाईजर प्रयोग गरौं । आजको लागि मूल मन्त्र यही नै हो । संसार नै लकडाउनमा छ । त्यसैले हामीले पनि नेपालमा लकडाउनलाई बाध्यतात्मक परिस्थिति र जीवनकै रक्षा गर्ने कदमको रुपमा लिनुपर्छ ।”

कोरोनाको महामारी प्राइमको खबरदारी

Posted by Prime Times Television, Nepal on Thursday, 26 March 2020

उनले अहिले संसार त्रसित रहेको सुनाए । अमेरिकामा पिपिईले नपुगेर प्लास्टिक लगाएर पनि चिकित्सकहरु उपचारमा खटिएको उनले स्पष्ट पारे । चिकित्सक र प्राविधिकलाई चाहिने पिपिईको व्यवस्थापन गर्दै जनताको सुरक्षामा खटिनुपर्ने उनको सुझाव छ । उनले यो रोगको उपचारमा संसारका चिकित्सकले जानेको कुरा नेपालका चिकित्सकले पनि जानेको सुनाए । उनले भने, “हामीसँग अहिले जे जति साधन र स्रोत छ, त्यसलाई अधिकतम प्रयोग गरेर अघि बढ्नुपर्छ । आजको दिनमा धेरै रोग बजारमा आईसकेको छैन, घरभित्रै बसौं ।” file photo



प्रतिक्रिया दिनुहोस्