Logo

आम उपभोक्तालाई चैत्र महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट



काठमाडौं, १४ चैत्र । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले कोरोनाका कारण लकडाउनको मारमा परेका आम उपभोक्तालाई चैत्र महिनाको लागि २० प्रतिशत विद्युत महशुल छुट दिने निर्णय गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री पुनले यस्तो जानकारी दिएका हुन् ।

मन्त्री पुनका अनुसार अहिले नेपालमा ३६ लाख ५० हजार ग्राहक छन् । आज बसेको विद्युत प्राधिकरणको बोर्ड बैठकले सबै ग्राहकलाई २० प्रतिशत महशुल छुट दिने निर्णय गरेको बताए । साँढे ३६ लाख ग्राहकलाई चैत्र महिनाको लागि विद्युत महसुलमा २० प्रतिशत छुट दिँदा एक अर्ब रुपैयाँ राज्यको खर्च हुनेछ ।



प्रतिक्रिया दिनुहोस्