काठमाडौं, १४ चैत्र । यसअघि पत्ता लागेका कोरोना भाइरस संक्रमित तीन जना नै काठमाडौ उपत्यकाभित्र नै थिए । ती मध्ये दुई पुरुष र एक महिला उपचारका लागि उपत्यकाका अस्पतालमै भर्ना भएका थिए । उनीहरुमध्ये पहिलो चीनबाट, दोस्रो फ्रान्सबाट र तेस्रो दुबईबाट आएका थिए । दुईजनाको उपत्यका बाहिर घर भएपनि उपत्यका छाडेका थिएनन् ।
यसपटक भेटिएका कोरोना भाइरस संक्रमित धनगढीका हुन् । उनी सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए । त्यहाँबाट उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेष्टका लागि पठाएर जाँच्दा पोजेटिभ नतिजा आएको थियो ।
संक्रमित ३४ वर्षका युवक पनि वैदेशिक रोजगारीबाट आएको बुझिएको छ । उनी दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेको र ११ चैत्रमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।