काठमाडौं, १५ चैत्र । यो हप्ता संक्रमण पत्ता लागेका चारजनामध्ये अघिल्ला दुईजना काठमाडौंबाट नबाहिरिएको भनिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज समेत दुईवटा केस उपत्यकाबाहिरको हो ।
हिजो पत्ता लागेका कोरोना भाइरस संक्रमित धनगढीका हुन् । उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । अर्का संक्रमित आज पत्ता लागेकी हुन् । १९ वर्षीया किशोरी बाग्लुङ स्थायी घर भएकी हुन् । उनी पनि उपत्यका बाहिर नै उपचार गराइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि पत्ता लागेका तीनवटै केस काठमाडौं भित्र नै हुँदा लागेको हो । जसमध्ये किशोरी काठमाडौंकी हुन् भने युवकहरुमध्ये एकजना धादिङका र अर्का नेपालगञ्जका हुन् ।