Logo

लकडाउनमा स्वयम्भुबाट काठमाडौं नियाँल्दा (फोटोफिचर)



काठमाडौं, १५ चैत्र । सरकारले लकडाउन लगाएको आज पाँचौं दिन । जनताले सरकारको उक्त आदेश पूर्ण रुपमा पालना गरेका छन् । काठमाडौं उपत्यकाका प्रायः सडक सुनसान छन् । सडकमा जताततै प्रहरी खटिएका छन् ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएको छ । नेपालमा अहिलेसम्म ५ संक्रमित छन् । एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकी चार जनाको उपचार भैरहेको छ ।

लकडाउनको पाँचौ दिन आज शनिबार काठमाडौंको भृकुटीमण्डपदेखि स्वयम्भुसम्मका तस्विर कैद गरिएका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले कैद गरेका तस्विहरु हेर्नुहोस :

 



प्रतिक्रिया दिनुहोस्