Logo

मानसिक शक्ति र एकाग्रता बढाउने उपाय



आजको यस्तो भागदौडले भरिएको जिन्दगीमा मानिसहरु आफ्नो शारीरीक स्वास्थयमा ध्यान त दिन्छन तर जब मानसिक स्वास्थ्यको बारेमा कुरा गर्दा अन्जान रहन्छन् । हाम्रो जिन्दगीको सबैकाम मनबाट सञ्चालित हुन्छ र यहि मन ले हाम्रो शरीरलाई नियन्त्रित गर्दछ । यदि मन नै स्वस्थ नभएमा हाम्रो कार्य गर्ने क्षमता पनि प्रभावित हुन्छ ।

मन एकाग्र भएमा हाम्रो मानसिक शक्तिको विकास हुने मौका पाउँछ । आधुनिक विज्ञानले पनि मनको गहिराईमा सम्झने कोशिश गरीरहेको छ । ध्यान र अन्य उपायबाट मनलाई स्वस्थ राख्नमा धेरै सहयोग हुन्छ । मन नियन्त्रित गर्ने, एकाग्रता बढाउने र मानसिक शक्तिको विकसित गर्न उपायहरु यहाँ दिएको छ, यसलाई पालन गरेमा आफ्नो सोच्ने शक्तिमा भित्रैदेखि परिर्वतनको अनुभव गर्न सकिन्छ ।

दिनचर्या नियमित गर्नुः

जुन मानिसले सुत्ने, उठ्ने, खाने र व्यायामको समय निर्धारित गरेर दिन शुरु गर्छ उसको मानसिक शक्ति बृद्धि भई असल व्यवहार गर्छ ।

नियमित ध्यान गर्नेः

भगवान बृद्ध देखि श्री रामकृष्ण परमहंस, श्रीमद् भागवतगीताबाट पंतजलिको योग सुत्र सबैले मनको शक्ति जागृत र एकाग्रता बढाउनको लागि ध्यान सर्वश्रेष्ठ उपाय हो ।

ब्रहचार्यका पालनः

ब्रह्मचार्यको पालनबाट शरीरमा तेज उत्पन्न हुन्छ जसले मनमा मेधा शक्तिको विकास हुन्छ । यही मेधा शक्तिले मानिसको स्मरण शक्ति विकसित गर्दछ ।

हिंसा, ईष्या, लााच, रम्भ र चोरी जस्ता भावनाको त्याग गर्नेः

यदि तपाइँमा कुनै दुर्भावना भएमा तुरुन्त त्याग्नुपर्छ । दुर्गुण र दुर्भावना भएको मानिसको मन शुद्ध हुन सक्दैन । दुर्भावना भएको चित्तले नकरात्मक शक्ति बढी मनलाई अशान्त बनाउँछ ।

व्यायाम गर्नेः

एक स्वस्थ मन एक स्वस्थ शरीरमा वास गर्दछ । नियमित रुपमा योग र कुनै पनि व्यायाम गर्नुपर्छ । व्यायामले रातमा भरपुर मात्रामा निन्द्रा लाग्छ ।

पोषक तत्व भएको आहारको सेवनः

तपाईँको भोजनमा सबै पौष्टिक तत्व समावेश हुनु आवश्यक हुन्छ । बदाम, अखरोट, ताजा फलफुल, तुलसीको पत्ता आदि ।

महान व्यक्तिको अनुसरण गर्ने र रचनात्मक कार्यमा लाग्नेः

मन जब रचनात्मक कार्यमा लाग्छ तब यसले केहि सिक्छ । हामीले जस्तो सोच्छौ, त्यस्तै बन्छौ । यसैले सधै महान व्यक्तिको बारेमा सोच्नु पर्छ । महान मन, वाणी र कर्मबाट एक सज्जन व्यक्ति बन्न सकिन्छ र अरुलाई दुःख नदिई मनलाई सकरात्मक शक्तिले भर्न सकिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्