एजेन्सी १६ चैत : टाटा ट्रष्टका प्रमुख रतन टाटाले भारतमा कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन्। टाटाले पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा शनिवार गरेका हुन् ।
टाटा ट्रष्टका तर्फबाट जारी गरेको वक्तव्यमा भनिएको छ, ‘भारत र विश्वभरमा अहिलेको अवस्था चिन्ताजनक छ, कोभिड–१९ सँग लड्नको लागि तुरुन्त आपतकालिन सहयताको आवश्यकता देखिएको छ।’
उनले अगाडि भनेका छन्, ‘टाटा ट्रष्टका तर्फबाट सबै समुदायलाई सशक्त र सुरक्षित गर्ने आफ्नो प्रतिज्ञा दोहोर्याउन चाहन्छु र पाँच अर्ब रुपैयाँ सहयोगका वाचा गर्छु।’ सहयोगको रकम अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, चकित्सक, टेस्टिङ कट्स लगायतमा खर्च हुनेछ।
शनिबार मात्र १ सय ४९ जनामा कोरोनाको संक्रमण देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा आइतबारसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ भने ९ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
The COVID 19 crisis is one of the toughest challenges we will face as a race. The Tata Trusts and the Tata group companies have in the past risen to the needs of the nation. At this moment, the need of the hour is greater than any other time. pic.twitter.com/y6jzHxUafM
— Ratan N. Tata (@RNTata2000) March 28, 2020