काठमाडौं, १६ चैत्र । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाएको छ । अत्यावश्यक कामबाहेकका मानिसहरुलाई घरबाट निस्किनसमेत दिएको छैन् । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा नियमितजस्तो कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । आजपनि समितिको बैठक बसेको थियो ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको थियो । बैठकमा प्रवेश गर्नुअघि सबै मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरुको ज्वरो नापिएको थियो भने उनीहरुलाई स्यानिटाईजरको प्रयोग गराईएको थियो ।
यता, सिंहदरबार प्रवेश गर्ने पत्रकार तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई समेत प्रवेशद्धारमा ज्वरो नापिएको थियो । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम