Logo

स्पेनमा एकै दिनमा आठ सय ३८ व्यक्तिको मृत्यु



१६ चैत : स्पेनमा विगत २४ घण्टामा ८३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । उक्त समयमा थप छ हजार ५०० व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोना भाइरसबाट स्पेनमा आइतबार साँझसम्ममा छ हजार ५२८ जनाको मृत्युभएको मन्त्रालयले पुष्टि गरेको छ । स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ७८ हजार ७९७ रहेको छ भने यसमध्ये चार हजार ९०० विरामीमा जटिल खालको सङ्क्रमण भेटिएको छ ।

स्पेनमा सङ्क्रमित भएका १४ हजार ७०० व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्पेनको राजधानी मेड्रिड र क्याटलोनिया क्षेत्रमा सङ्क्रमण अत्यधिक फैलिएको छ । मेड्रिडमा करिब २२ हजार र क्याटलोनियामा १५ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

आइतबार साँझसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या छ लाख ८० हजारभन्दा बढी पुगेको छ भने ३१ हजार ९२० जनाको मृत्यु भैसकेको छ । File Photo : Bloomberg



प्रतिक्रिया दिनुहोस्