काठमाडौँ, १७ चैत । सरकारको राहत प्याकेजको घोषणामा एक महिनाको विद्यालय शुल्क मिनाह गर्नु पर्ने लगायतको राहत प्याकेज घोषणा गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नीजि विद्यालय र घर बहाल एक महिनाको शुल्क मिनाह गर्नका लागि आग्रह गरिने जानकारी गराएका छन् ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमण र रोकथामका लागि भएको लकडाउनको अवधिका लागि विभिन्न राहत प्याकेजको घोषणा गरिनु आफैमा स्वागत योग्य विषय हो । मन्त्रिपरिषद्को बैठकले विद्युत, खाद्यान्न, स्वास्थ्य उपचारलगायत विषयमा राहत घोषणा गरेको हो।
सरकारले निजी विद्यालयलाई चैत महिनाको शुल्क र सहरी क्षेत्रका घरबेटीलाई असंगठित श्रमिकले भुक्तान गर्नुपर्ने एक महिनाको भाडा मिनाहा गर्न आग्रह गर्ने बताएको छ।