Logo

कोरोना कहरः चीन र पश्चिमाबीच टकराव



विपिन देव: कोरोना कुटनीति एउटा व्यापक बहसको विषय भएको छ । मानव इतिहासमा एउटा भाइरसले सम्पूर्ण मुल्य मान्यतालाई चुनौती दिएको छ । हरेक सम्बन्धको पुनः व्याख्या भईरहेको छ । समाज पूर्ण रुपमा ध्रुवीकृत भइरहेको अवस्था छ । भौतिकवाद, औद्योगीकरण, भू(मण्डलीकरण, सामाजिकीकरण जस्ता अनेकौं मानवीय अभ्यास प्रश्नका घेरामा उभिएका देखिन्छन् । भौतिकवादको सट्टामा अध्यात्मवाद, सामाजिकीकरणको बदलामा अन्तरमुखी र एकाङ्की जीवन र आत्मनिर्भर र आत्मनियन्त्रण गर्ने जस्ता बानी यो कोरोना महाप्रकोपको संदेश हो । कोरोनाले जीवनको प्रत्येक पक्षलाई प्रभावित गरेको देखिन्छ । राजनीति, अर्थनीति, जीवनशैली, कुटनीतिक र जीवनको सम्पूर्ण मुल्य मान्यतालाई कोरोनाले प्रश्न चिन्ह लगाएको देखिन्छ ।

कोरोनाले विश्वको कुटनीतिलाई सबभन्दा बढी प्रभावित गरेको देखिन्छ । युरोप र अमेरिका चीनप्रति बढी आक्रामक देखिन्छन् । युरोपेली र अमेरिकी बुद्धिजीवीहरु कोरोनालाई गोपनीयता र अधिनायकवादसँग जोडेर व्याख्या गरिरहेका देखिन्छन् । अर्थात् कोरोनाको पराकम्पन बढ्नुको पछाडी चीनको दम्भ, अधिनायकवादी शैली र गैर-प्रजातान्त्रिक कार्यरूप हो भन्ने पश्चिमाहरुको बुझाई रहेको देखिन्छ । चीनको प्रवृति र प्रकृति प्रति अमेरिका लगायत युरोप बढी चिढिएका देखिन्छन् । अर्थात् कोरोनालाई खुला र समावेशी समाजले समाधान गर्ने तरिका बिल्कुलै फरक देखिन्छ । अर्थात् कोरोनाको बारेमा जति समाचार सम्प्रेषण हुन्छ, मानव समुदायको चेत त्यसै अनुरुप विकसित हुँदै जान्छ ।

यस सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यु. एच. ओ.) का प्रतिनिधिहरुले कोरोनाको समाधानका लागि तीन मन्त्रको उद्घोष गरेका छन् । उद्घोष अनुसार कोरोनाको समाधानका लागि ”टेस्ट टेस्ट टेस्ट’’ विधि अपनाउनुपर्छ । अर्थात् कोरोनालाई गोपनीयताबाट होइन यसलाई सार्वजनिक गर्दै संक्रमण फैलिनुबाट रोक्नुपर्दछ । यस सन्दर्भमा डेब्रा ब्रिक्स (वैज्ञानिक) ले के भनेका छन् भने कोरोनाले वृद्धहरुलाई बढी आघात गर्दछ र यसको पराकम्पन र प्रकोप युवाहरु बढी फैलाउने गर्दछन् । युरोपेली र अमेरिकी चिन्तकहरु कोरोनाको प्रलयबाट संसार पीडित हुनुको कारण चिनियाँ कम्युनिष्ट पार्टीलाई जिम्मेवार र दोषी ठान्छन् । वाल्टर रसेल ले चीनको अवस्थालाई वर्णन गर्दै ञञरियल सिक मेन अफ एसिया’’ भनेका छन् । चीनले कोरोनासँग संग्राम गर्न कुनै पनि बाहिरी शक्तिको प्रवेशलाई निषेध गरेका छन् । चीनका एक मुख्य पत्रिका ग्लोबल टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले चीनलाई कोरोनासँग लड्न तीन पटक तयार भए तापनि चीनले त्यसलाई स्वीकार गरेनन् । साथ-साथै चीनले अमेरिकी शैलीलाई पूर्ण रुपमा निन्दा गरे । चीनमा कोरोना फैलिने बित्तिकै अमेरिकाले आफ्ना कुटनीति अधिकारीहरुलाई फिर्ता बोलाएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीका मुख्य पत्रिका ग्लोबल टाइम्स रिपोर्टका अनुसार चीनले अमेरिकी निर्णयलाई कुटनीतिको सिद्दान्त विपरित भएको ठहर गरेका छन् । प्रतिउत्तरमा अमेरिकाले चिनियाँ नीतिलाई ”डबल स्ट्यान्डर्ड” भन्दै निन्दा गरेका छन् । अर्थात् रुसले पनि आफ्ना कुटनीति आयोगका अधिकारीहरुलाई फिर्ता बोलाएका थिए ।

तर, चीनले रसिया सरकारको नीतिलाई निन्दा गरेका थिएनन् । एक प्रतिउत्तरमा चीनले रसिया नीतिलाई प्रतिरक्षात्मक शैलीमा जवाफ दिँदै रसियाले गरेको निर्णय चीनलै पुर्व जानकारी रहेको बताएका छन् । अर्को तर्फ, कोरोनाको प्रभावलाई केही अमेरिकी र युरोपेली विद्वानहरुले ञञवन बेल्ट वन रोड र वन भाइरस‘’ सँग पनि जोडेका छन् । अर्थात् कोरोनाबाट अधिक प्रभावित भएका मुलुकहरुमध्ये इटली र इरान पनि हुन् । सन् २०१९ मा इरान र इटलीले चीनको भीमकाय योजना ”वन बेल्ट वन रोड‘’ मा हस्ताक्षर गरेका थिए । फलस्वरुप, इरान र इटलीको पूर्वाधार विकास लगायत विभिन्न किसिमको विकासको आयोजनाहरुमा चिनियाँ सहभागिता प्रचुर मात्रामा अभिवृद्धि भयो । अर्थात् भौतिक रुपमा चीनको पहुँच इरान र इटलीमा अधिक भयो । हेलेन रेलिग जस्ता टिप्पणीकारहरुले इटली र इरानले गरेको निर्णयलाई ”अपरिपक्व’’ निर्णय ठहर गरेका छन् । अर्को शब्दमा भन्ने हो भने, इरान र इटलीको समाजलाई चीनले पूर्ण रुपमा प्रभावित गरेको हुँदा इटली र इरानमा कोरोनासँग युद्ध गर्न समावेशी र सहभागिताको सिद्धान्त कमजोर भएको हेलेन रेलिग को बुझाई रहेको छ । अर्को शब्दमा भन्ने हो भने, ञञजी सेभेन’’ राष्ट्रहरुमध्ये इटलीले चीनको महत्वाकांक्षी ञञवी आर आइ ए ’’ योजनामा हस्ताक्षर गर्ने पहिलो मुलुक थियो । इटलीले युरोपियन युनियन र अमेरिकाको चेतावनीका बाबजुद पनि हस्ताक्षर गरेका थिए । इटली यस सन्दर्भमा माल्टा, ग्रीस र पोर्चुगलको उदाहरण दिँदै आफुलाई प्रतिरक्षा गरेका थिए ।

चीन र पश्चिमा शक्तिहरु रस्साकस्सीका बीचमा चीनले आफ्नो कार्यनीतिलाई रणनीतिमा रुपान्तरण गर्न आयियानसँगको सम्बन्धमा सर्वाधिक महत्व दिएको पाइन्छ । साथ-साथै जापानसँगको सम्बन्धलाई पनि बढी महत्व दिएको पाइन्छ । कोरोनासँगको संग्राम गर्न चीनले जापानको सहयोगमा उच्च मूल्यांकन गरेको छ । कोरोनाको समस्यामा सी जिन पिङ् र ओवोको, स्वर र ध्वनिको समीकरणलाई दृष्टिगत गर्दै सोफिया विश्वविद्यालयका प्राध्यापक कोचीनकानोले चाइनाको सी जिन पिङ् र जापानको ओवोको लाई ञञदाम्पत्य जोडी’’ को रुपमा चित्रित गरेका छन् ।

चीनले आसियानसँगको मैत्रीलाई अधिक जोड दिएको छ । चीनको आसियान राष्ट्रहरुसँगको नीतिलाई समीक्षा गर्दै ली।क्वान स्कुल अफ पब्लिकका सह(प्राध्यापक अल्फ्रेड एम यु ले प्रष्ट गरेका छन् की चीनले आसियानलाई बढी महत्व दिनुको कारण पश्चिमा शक्तिहरु चीनप्रतिको आलोचना नै हो । तर, आसियान मुलुकहरु चीनप्रतिको दृष्टिकोणमा एकरुपता देख्दैनन् । स्वतन्त्र शोधार्थी टम ब्याकस्टरका अनुसार कम्बोडिया र लाओस चीन प्रति बढी कृतज्ञ देखिन्छन् भने सिंगापुर र फिलिपिन्स आफुलाई सम्दुरी सिद्धान्तबाट चीन सँगको सम्बन्धलाई परिभाषित गरेका छन् । तर, मलेसियाको चीनप्रतिको नीति गुण र दोषको आधारबाट निर्देशित छ ।

आसियान मुलुकहरु सिंगापुर, थाइल्याण्ड, इन्डोनेसिया र फिलिपिन्स अन्तर्राष्ट्रिय मञ्चहरुमा पश्चिमा शक्तिहरु सँग धेरै मुद्दाहरुमा नजदिकी राख्दछन् ।

अर्थात् कोरोनाको मुद्दामा विश्व ध्रुवीकृत रहेको कारण कोरोनासँग लड्न र जुध्न शैली र स्वरूपमा अन्तर देखिएको छ । खुला समाजमा कोरोनालाई ञञसफ्ट पावर’’ सँग जोड्दै व्यापक रुपमा समस्यालाई सार्वजनिक र पारदर्शी बनाईन्छन् भने अधिनायकवादी प्रवृति भएका मुलुकहरु गोपनीयताको हिसाबले यसलाई नियन्त्रण गर्ने कोशिशमा छन् । तर, बदलिँदो संसारमा कोरोनाजस्ता महामारीसँग लड्न र जुध्न प्रजातान्त्रीक आचरण अनुरुप सूचनालाई स्थानीयकरण ९डाटा लोकलाइजेसन० गर्दै र अरु राष्ट्रको लागि दृष्टान्त बन्दै अगाडी बढ्नु पर्दछ । भनाइको अर्थ रोगले पनि प्रजातान्तृक, खुलापन, पारदर्शी र स्पष्टता खोजीरहेको छ । त्यस अर्थमा कोरोना सम्बन्धित कुटनीति पनि दुई शासक शैलीको प्रवृति र स्वभाव अनुसार परिचालित देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्