काठमाडौं, १७ चैत्र । आज कोरोना भाइरस संक्रमणका आशंकित तीनजनाको अस्पतालमा आइशोलेशनमा रहँदा मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना वीर अस्पताल र एकजना पाटन अस्पतालमा भर्ना गरिएका थिए ।
पाटनमा भर्ना गरिएका ३६ वर्षीय पुरुष धादिङबाट ल्याइएका हुन् । उनी भारतबाट १४ चैत्रमा फर्किएका हुन् । उच्च ज्वरो आएपछि तामाङ थरका ती पुरुष आकस्मिक रुपमा अस्पताल ल्याइएका थिए । उनको आजै मृत्यु भइसकेको छ । उनको रिपोर्ट अहिले साँझ आउने बुझिएको छ ।
अर्का दुईजनामध्ये एकजना उच्च रक्तचाप र मधुमेहका विरामी थिए । अर्का भारतीय नागरिक पनि ज्वरो आई अस्पतालमा भर्ना भई ल्याइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनका अनुसार तीनैजनाको रिपोर्ट साँझसम्म आइसक्छ ।
अहिलेसम्म नेपालमा पाँचजना कोरोना संक्रमित भेटिएका छन् । कसैको पनि संक्रमणबाट मृत्यु भएको रेडर्क आएको छैन । तर, कतिपय मृतकमा समेत परीक्षण गर्ने क्रम चलेको छ । त्यसमा कसैको पनि पोजेटिभ आएको छैन ।