एजेन्सी, १७ चैत्र । कोरोना भाइरस संक्रमित संख्यामा स्पेनले पनि चीनलाई उछिनेको छ । यसअघि संक्रमित संख्यामा पहिलो स्थानमा रहेको चीनलाई शुरुमा अमेरिका उछिनेको थियो भने इटालीले पनि पछि पारेको थियो ।
सोमबार स्पेनले पनि चीनलाई उछिनेर चौंथो स्थानमा पुर्याइदिएका छन् । इटालीमा संक्रमित संख्या एक लाख नाघेको छ । स्पेनमा ८५ हजार कटेको छ । चीनले भने ८१ हजारमा कायम राखी खासै संक्रमित बढ्न दिएको छैन ।
मृतक संख्यामा इटाली सबैभन्दा अगाडि छ । त्यसपछि स्पेन र तेस्रो नम्बरमा चीन अगाडि छ । चीनलाई अमेरिकाले मृतक संख्यामा पनि पछि पार्ने संकेत देखिएको छ ।
गत वर्षको अन्ततिर फैलिएको भाइरस पहिलोपटक चीनमा जानकारीमा आएको थियो । त्यसपछि एशियाली देश हुँदै युरोप र अमेरिकामा अत्याधिक देखिएको छ । महामारी बनेपछि विश्वभर कोरोना संक्रमणलाई महामारी घोषणा गरिसकिएको छ ।