Logo

कोभिड १९ ले ३७ हजारको ज्यान गयो, ८ लाख संक्रमित



चैत १८, काठमाण्डौ । कोभिड १९ ले अहिलेसम्म ७ लाख ६४ हजारलाई संक्रमित भएको छ । झण्डै २ सय देशमा फैलिएको कोभिले सबैभन्दा धेरै अमेरिकाका नागरिक संक्रमित भएका छन् ।

अहिलेसम्म अमेरिकामा १ लाख ५२ हजार ७ सय जना नागरिक संक्रमित भएका छन् ।

कोभिड-१९ कोरोना भाइरसले सोमबार राति ११:३० बजेसम्म अमेरिकाकका २ हजार ८ सय १७ जनाले ज्यान गुमाएका छन् । विश्वभरका ३६ हजार ८ सय ६४ जनाले ज्यान गुमाएका छन्।

सोमबार एकै दिन २ हजार ७ सय ९७ जनाले ज्यान गुमाएका छन्। कुल संक्रमितमध्ये १ लाख ६० हजार जना निको भएका छन्।

कोरोनाले सोमबार एकै दिन इटलीमा ८ सय १२ जनाले ज्यान गुमाएका छन्। इटलीमा ७५ हजार ५ सय २८ जना संक्रमित छन्। जसमध्ये ३ हजार ९ सय ८१ जना गम्भीर अवस्थाका छन्। इटलीमा नयाँ संक्रमित ४ हजार ५० जना थपिएका छन्। हालसम्म इटलीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन्।

त्यस्तै स्पेनमा पछिल्लो २४ घण्टामा ५ सय ३७ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या ७ हजार ३ सय ४० पुगेको छ । स्पेनमा ८५ हजार जना संक्रमित छन्।

फ्रान्समाा ४१८ नयाँ मृत्यु थपिदा ज्यान गुमाउनेको संख्या ३ हजार २४ पुगेको छ । त्यसैगरि इरानमा १ सय १७ जना थपिदा कुल मृत्यु हुने २ हजार ७ सय ५७ पुगेको छ ।

बेलायतमा १४ सय ८ जनाले ज्यान गुमाइसकेका छन् ।

दिन दुगुना रात चौगुना गरि बढिरहेको संक्रमणको तथ्याङ्क छिछिनमै वृद्दि भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्