Logo

तेलको मूल्य १८ वर्षयताकै सस्तो, प्रति ब्यारल २० डलर



काठमाडौं, १८ चैत्र । विश्व बजारमा तेलको मूल्य झरेर १८ वर्षयताकै सस्तो भएको छ । कोरोना भाइरसको त्रासले उत्पन्न परिस्थितिका कारण विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल २० डलरमा झरेको हो ।

तेलको मूल्यबारे जानकारी दिने आयल प्राइलले आज प्रति डब्लटिआई क्रुड प्रति ब्यारल २० डलर पुगेको जानकारी दिएको छ । यो सन् २००२ यताको नयाँ किर्तिमान हो ।

प्रति ब्यारल १५९ लिटर हुन्छ । अहिले प्रति लिटर कच्चा तेलको मूल्य २० रुपैयाँभन्दा कम छ । जुन पानीभन्दा सस्तो हो । विश्व बजारमा पानीको खुद्रा मूल्य योभन्दा बढी छ । पिउने पानी प्रति लिटर २० रुपैयाँभन्दा बढी पर्न जान्छ ।

कोरोना भाइरसका कारण विश्वका आधा भागमा लकडाउन हुँदा खपत कम भएको छ । यसका अलावा रुसले ओपेक देशरुको उत्पादन घटाउनका लागि भएको आग्रह अस्वीकार गरिदियो । उत्पादन बढ्नु र खपत कम हुनुले विश्व बजारमा तेलको मूल्य घटेको हो । जनवरीमा ६३ डलर प्रति ब्यारल पुगेको तेलको मूल्य तीनमहिनामा तीन गुनाभन्दा कम घटेर २० डलरमा आइपुगेको हो । यसमा तेल बढी उत्पादन गर्ने देशहरु रुस र साउदी अरेबियाबीचको तेलयुद्ध पनि कारण बनेको छ ।



प्रतिक्रिया दिनुहोस्