एजेन्सी, १८ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या आठ लाख नजिक पुगेको छ । मृतक संख्या ३८ हजार नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा संक्रमित संख्या वृद्धि केही कम भएपनि मर्नेको संख्यामा भने वृद्धि दर बढी देखिन्छ ।
हिजोको तुलनामा संक्रमितको संख्या ६२ हजारले वृद्धि भएकोमा मर्नेको संख्या एकै दिन तीन हजारले वृद्धि भएको छ । हालसम्म १ लाख ६५ हजार ३५ जना निको भई फर्किएका छन् ।
पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ७ लाख ८४ हजार ३ सय ८१ छ । मृतक संख्या ३७ हजार ७ सय ८० पुगेको छ ।
१ लाख ६५ हजार ३५ जना निको भएका छन् ।
विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । यसले अमेरिका र युरोपमा महामारीको रुप लिइसकेको छ । त्यहाँ दिनप्रतिदिन मृतक र संक्रमितको संख्या बढिरहेको छ ।सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । सबैभन्दा बढी इटालीमा कोरोनाको कारण मानिसको मृत्यु भएको तथ्यांक छ । त्यहाँ १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
चीनमा पहिलोपटक पत्ता लागेको कोरोना भाइरस अहिले अमेरिका र युरोपमा फैलिइरहेको छ । युरोपेली देशहरुले चीनलाई उछिन्न थालेका छन् ।
देश संक्रमित
अमेरिका १६३४७९
इटाली १०१७३९
स्पेन ८७९५६
चीन ८१४७०
जर्मनी ६६८८५
फ्रान्स ४४५५०
इरान ४१४९५
बेलायत २२१४१
स्वीटजरल्यान्ड १५९२२
बेल्जियम ११८९९
बेल्जियम ११८९९
स्रोतः वोल्डोमिटर