काठमाडौं,चैत १८ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सोमबारसम्म ३७ हजार ८ सय १५ जनाले ज्यान गुमाएका छन्। सोमबार एकै दिन ३ हजार ७ सय १८ जनाले ज्यान गुमाएका छन्। सोमबारसम्म विश्वभर कोरोनाले ७ लाख ८५ हजार ७ सय ७५ जना संक्रमित छन् भने १ लाख ६५ हजार ६ सय ७ जना निको भएका छन्।
सोमबार एकै दिन स्पेनमा ९ सय १३ जनाले ज्यान गुमाएका छन्। स्पेनमा ७ हजार ८ सय ४६ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै स्पेनमा ६३ हजार ४ सय ६० जना संक्रमित छन्। जसमध्ये ५ हजार २ सय ३१ जना गम्भीर छन्। त्यस्तै १६ हजार ७ सय ८० जनाको उपचार भइसकेको छ। कोरोनाले स्पेनमा हालसम्म ७ हजार ७ सय १६ जनाले ज्यान गुमाइसकेका छन्। स्पेनमा सोमबार सबैभन्दा बढीले ज्यान गुमाएका छन्।अन्नपूर्ण पोस्ट्बाट