एजेन्सी, १८ चैत्र । कोरोना भाइरसको जोखिम रोकथामका लागि प्रयोग गर्न चीनमा बनाइएका कतिपय स्वास्थ्य सामाग्रीहरु गैरकानुनी र चीन सरकारले नै ती कम्पनिमाथि प्रश्न उठाएका खुलेको छ । मास्क देखि परीक्षणको किटसम्म चीन सरकारले नै प्रश्न उठाएका र गैरकानुनी तरिकाले उत्पादन भएका खुलेको हो ।
चीन सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्स मिडियाका अनुसार कतिपय कम्पनिले गैरकानुनी तरिकाले मास्क बनाएको पाइएको छ ।
यसैगरी टेष्टिङ किट आपूर्ति गर्ने कम्पनिमाथि नै प्रश्न उठेको छ । स्पेनिस सरकारले किटमाथि प्रश्न उठाएपछि स्पेनस्थित चिनियाँ राजदूतावासले आपूर्तिकर्ता कम्पनि सेनजेन बायोइजी बायोटेक्नोलोजी चीनको वाणिज्य मन्त्रालयमा सामान आपूर्तिकर्ता १२ कम्पनिमध्येको नभएको पाइएको उल्लेख छ । ग्लोबल टाइम्सले राजदूतावासको विज्ञप्ति उदृत गर्दै उक्त कम्पनिले सामान आपूर्ति गर्ने स्वीकृति नपाएको उल्लेख छ ।
गुणस्तरहीन मास्कहरु चीनमा उत्पादन भइरहेको विषय पनि आएको छ । ग्लोबल टाइम्सले पनि त्यस्ता गुणस्तरहीन मास्क गैरकानुनी कम्पनिबाट उत्पादन र विक्रीवितरण भइरहेको उल्लेख गरेको छ । त्यस्ता कम्पनिहरुमाथि कारबाही गरिने उल्लेख छ । आइतबारसम्म चीनको बजार नियमन निकायले पाँच कम्पनि र व्यक्तिहरुलाई माक्सको गैरकानुनी उत्पादन र विक्रीवितरण गरेको भेटेर पक्राउ गरिसकेको छ ।
कतिपय देशले चिनियाँ स्वास्थ्य सामाग्री आयात गर्न रोकेपछि चीनले खरिद प्रक्रिया माथि नै प्रश्न उठाएको छ । स्पेनले आपूर्तिका लागि सम्झोता गरेको कम्पनि सेनजेन बायोइजी बायोटेक्नोलोजी कम्पनिले आपूर्तिको अधिकार नपाएको उल्लेख गरिएको छ ।-Photo Source: China Daily