Logo

कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ हजार भन्दा बढी



१८ चैत :विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ हजार ८ सय भन्दा बढी पुगेको छ । भाइरसको संक्रमणबाट सात लाख ८५ हजारभन्दा बढी प्रभावित भएका छन् । कोरोनाका कारण सबैभन्दा बढी इटाली र अमेरिकामा प्रभावित भएको छ । कोरोनाको संक्रमण रुस लगायत एक सय ९९ देशमा फैलिएको छ ।

अमेरिकामा संक्रमितको संख्या १ लाख ६४ हजार नाघेको छ भने ३ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या ८७ हजार ९ सय भन्दा बढी रहेको छ भने ७ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ । फ्रान्समा कोरोनाका कारण ३ हजार भन्दा बढीको मृत्यु भएको छ भने ४४ हजार ५ सयभन्दा बढी संक्रमित भएका छन् । जर्मनीमा करिव ६६ हजार ८ सय भन्दाबढी संक्रमित भएका छन् भने ६ सय ४५ जनाले ज्यान गुमाएका छन् । विश्वभर १ लाख ६५ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना का कारण विश्व बजार समेत ठप्प भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन सम्पूर्ण देशहरु लकडाउन भएको छ ।



प्रतिक्रिया दिनुहोस्