Logo

सिडिओ कार्यालय, काठमाडौंमा सवारी पास लिनेको भीड (फोटोफिचर)



काठमाडौं, १८ चैत्र । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले यही चैत्र २५ गते राति १२ बजेसम्मका लागि लक डाउन गरेको छ । अत्यावश्यक कामबाहेकलाई घरबाहिर निस्किने मनाही गरिएको छ । तर, सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत जरुरी कामको लागि भनेर सवारी पास दिने गरेको छ ।

लकडाउन भएको रातिदेखि नै जिल्ला प्रशासन कार्यालय काठमाडौं परिसर बबरमहलमा भने भीडभाड सुरु भएको थियो । अहिलेसम्मपनि त्यो भीड जारी छ । आज लकडाउन भएको ८ दिन भैसकेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालयमा सवारी पास लिनेको भिड भएको हो ।

सरकारले जारी गरेको पास नलिइकन चलाइएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको छ । सरकारले लकडाउनका बेला पनि अत्यावश्यक सेवा निर्वाध सञ्चालन गरिरहेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्