एजेन्सी १८ चैत : विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण एसियाली राष्ट्रहरुको अर्थतन्त्रमा नकारात्मक असर पर्ने सक्ने विश्व बैंकले जनाएको छ । विश्वमै कोरोना भाइरसका अर्थ तन्त्र मा ठूलो असर पर्ने र एसियाली राष्ट्रहरुको अर्थतन्त्रमा भाइरसले ठूलो प्रभाव पार्ने सक्ने विश्व बैंकले जनाएको छ ।
कोरोनासँग जुधिरहेको एसियाली राष्ट्रहरुले ‘आर्थिक संकट’ बेहोर्नु पर्ने अवस्था सिर्जना हुन सक्ने र चीनको आर्थिक अवस्थामा समेत भाइरसले प्रभाव पार्न सक्ने बीबीसीमा उल्लेख गरेको छ ।
भाइरसका कारण विश्वमा भिषण परिस्थिति सिर्जना हुनसक्ने अनुमान विश्व बैंकले लगाएको छ । भाइरसले प्रतिकूल रुप लिँदै गएको खण्डमा पूर्वी एसियाली राष्ट्रमा ११ मिलियन मानिस प्रभावित हुने अनुमान विश्व बैंकले लगाएको छ । भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको कारण सम्पूर्ण देशहरु सुरक्षित हुन लकडाउन गरेको छ । सम्पूर्ण कामहरु ठप्प रहेको अवस्था छ ।