Logo

एक रुपैयाँ १२ पैसाले बढ्यो अमेरिकी डलरको भाउ



एजेन्सी १८ चैत : अमेरिकी डलरको भाउ चैत १८ गते मंगलबार एक रुपैयाँ १२ पैसाले बढेर १२१ रुपैयाँ २८ पैसा पुगेको छ। पछिल्लाे समय केहि घटेको डलरको भाउ मंगलबार फेरी उच्च रुपले बढेको हो।

यस दिन अमेरीकी डलरको खरिद मूल्य भने १२० रुपैयाँ ६८ पैसा कायम भएको छ। अघिल्लो दिन सोमबार डलरको बिक्री मूल्य १२० रुपैयाँ १६ पैसा र खरिद मूल्य ११९ रुपैयाँ ५६ पैसा कायम भएको थियो।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थामा शेयर बजार लगाएतका अन्य क्षेत्रहरुमा भारी गिरावट आएको छ। जसले गर्दा लगानीकर्ताहरु सुरक्षित लगानीका लागि डलरतर्फ आकर्षित हुदाँ डलरको भाउ बढ्दै गएको बिज्ञहरु बताउछन्।मेरोलागानीबाट



प्रतिक्रिया दिनुहोस्