Logo

महिलाको स्वास्थ्यको चुनौतीपुर्ण कारक



सामाजिक–सास्कृतिक कारण

यो दुनियामा महिलाको सख्या आधा जनसख्या छ । विश्वको अधिकांश भागमा पुरुषको तुलनामा महिलाको सामाजिक अधिकार अझैसम्म प्राप्त भएको छैन । यस्तै लैगिक असमानताले महिलाहरुको शिक्षा, आर्थिक, सामाजिक स्वतन्त्रता र स्वास्थ्य सेवालाई कमजोर बनाएको छ । विश्वको कुनै ठाउँमा महिला एक्लै यात्रा गर्न, स्वास्थ्यको लागि अर्कोमा आश्रीत रहन, परिवार नियोजनको सवालमा आफ्नो कुरा राख्न राख्ने अधिकार छैन । समाजमा छोरालाई प्राथमिकता दिने चलनले कन्याको भ्रुण हत्या र शिशुको हत्या बढी भैरहेको छ । स्वच्छता, पोषणको विषयमा महिलाहरु आजीवन उपेक्षाको सिकार भइरहेका छन् ।

आर्थिक पक्ष

युनाइटेड नेशनल वुमेन र विश्व बैंकद्धारा जारी गरीएको एक रिर्पोटमा विश्वभरमा ७६७ मिलियन मानिसहरु गरीबीसँग जुधिरहेका छन् । त्यसको धेरै भाग महिला र बच्चाले ओगटेका छन् । गरीबीको सीधै असर स्वास्थ्य सेवामा पर्दछ । कामको घण्टामा विश्वमा नै दुई तिहाई हिस्सा राख्ने महिलाको आर्थिक रुपमा कुल आयको मात्र १० प्रतिशतमात्र कमाउँछन् ।

वैज्ञानिक र चिकित्सा अनुसन्धान

जर्नल आँफ क्लिनिकल इन्वेस्टिगेशनमा प्रकाशित एक अध्ययन अनुसार चिकित्सा, उपचार र स्वास्थ्य सम्बन्धि प्रविधिको आधुनिकिकरणको प्रयोगमा निर्धारण गरेको सर्वेमा महिलाको अंक कम छ ।



प्रतिक्रिया दिनुहोस्