Logo

निजी अस्पताललाई सरकारको कडा चेतावनी, बिरामी नहेरे ठीक हुँदैन्



काठमाडौं, १८ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई ‘इमरजेन्सी’ सेवा नरोकि बिरामीको औषधि उपचार गर्न निर्देशन दिएका हुन् ।

अस्पतालमा ज्वरोका बिरामी जाँदा उपचार नगरिरहेको मृत्युको मुखमा पुगेको भन्दै उनले ज्वरोका बिरामीको उपचार गर्न निर्देशन दिएका हुन् । “अस्पतालले ज्वरोका बिरामीदेखि हराएर उपचार नगरेको पाइएको छ । बिरामीको उपचार नगर्दा विभिन्न रोगबाट ग्रस्त बिरामीको अवस्था जटिल भएर मृत्युको मुखमा पुगेका छन्” उनले भने,“हामीले अस्पताललाई चाहिने औषधिजन्य सामग्री दिएर स्वास्थ्यकर्मीको मनोबल बढाएका छौँ । त्यसैले ज्वरोको बिरामी नहरेर मर्ने स्थितिमा नपु¥याउनुहोस् ।”

यसैगरी मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएका परिवार, साथीको निगरानी ९कन्ट्याक ट्रेसिङ्ग० गरिएको जानकारी गराए। उनका अनुसार सङ्क्रमित दुई जनाको ‘कन्ट्याक ट्रेसिङ्ग’ सकिएको र अन्य दुई जनाको पनि ८० प्रतिशत गरिएको छ ।

यसैगरी मन्त्रालयले विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने भन्दै ‘¥यापिड टेष्ट’ गर्ने क्रम बढेपछि त्यो आवश्यक नभएको औंल्याएको छ । तत्क्षण परीक्षण गर्ने मापदण्ड विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारभन्दा बाहेक अन्य तरिकाबाट गर्न नमिल्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए ।

“विभिन्न स्थानमा ‘¥यापिड टेष्ट’ कीट गरेको सूचना प्राप्त भएको छ । त्यसले कोभिड–१९ को नमुना परीक्षण गर्नु भनेको विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको मापदण्ड विपरीत हो”, उनले भने,“त्यस किसिमको टेष्ट कीटबाट सही परीक्षण हुँदैन । उहाँले सरकारले तोकेको प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण हुने प्रष्ट पारे ।

मन्त्रालयले आजदेखि नै कोभिड–१९ को नमूना परीक्षण पोखरामा शुरु गरिएको छ । मन्त्रालयका प्रवक्ताका अनुसार धनगढी, जनकपुर, बुटवल र सुर्खेतमा पनि नमूना परीक्षणको लागि मेशिन पठाइएको जानकारी दिए।
–––



प्रतिक्रिया दिनुहोस्