चैत १८, काठमाण्डौ । नेपाली काङ्ग्रेसका नेता एवम् काठमाडौं महानगरका मेयर पदका उम्मेद्वार राजुराज जोशीले विदेशबाट आएका कति व्यक्ति काठमाडौंमा छन्, तिनीहरुको तथ्याङ्क सार्वजनिक गर्दै उनीहरुको अवस्थाबारे जानकारी गराउन काठमाण्डौ महानगरपालिकासँग माग गरेका छन् ।
महानगरका मेयर विद्यासुन्दर शाक्यलाई आग्रह गर्दै जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा महानगरका जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा संवेदनशील नभएको आरोप पनि लगाएका छन् । उनले कोरनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै लागु गरिएको लक डाउनका बेला जनतालाई उपभोग्य वस्तु वितरणमा सहज बनाउन समेत शाक्यलाई अनुरोध गरेका छन् ।
जोशीले कोरोनाका कारण कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण तर्फपनि शाक्यको ध्यानाकर्षण गराएका छन् । जोशीले महानगरले नागरिकलाई सहज र सुलभ हुने खालका प्याकेज घोषणा गर्नपनि शाक्यलाई आग्रह गरेका छन् ।