Logo

चिया टिपाइका लागि पहल शुरू



काठमाडौँ, १९ चैत्र । लामो समयको लकडाउनका कारण किसान बगान पस्न नपाएर चिया बगानमै हुर्कन थालेपछि चियाको टिपाई र कारखाना संचालनका लागि पहल थालिएको छ ।

टिप्न नपाएपछि इलामका चिया बगानमा ‘फस्ट फ्लस’ (पहिलो टिपाईको चिया) बगानमानै हुर्की रहेको अवस्थामा प्रदेश १ सरकार र स्थानीय तहले जोखिमरहित अवस्थामा चिया बगान र कारखाना संचालनका लागि पहल थालेका हुन् । चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले किसानको बर्ष भरिको मेहनत खेर जाने भएकाले चिया बगान र कारखाना संचालनका लागि पहल थालिएको जानकारी दिएका छन् ।

प्रमुख राईले थोरै कामदारले सम्बन्धित निकायको निगरानीमा बसेर चिया टिप्ने बातावरण निर्माण गर्न चिया उद्योगी र किसानसंग परामर्श भैरहेको जानकारी दिएका छन् । नगर प्रमुख राईले बताए । चिया बोटमै खेर जाने अवस्था आईसकेकाले हामी चाँडै निर्णय गरेर सहज वातावरण बनाउँछौ । ’उनले राष्ट्रिय चिया तथा कफि बिकास बार्डसंग समेछ छलफल भैरहेको जानकारी दिएका छन् । सिजनको पहिलो चिया टिपाइ सक्ने बेला भए पनि घरबाट बाहिर निस्कन नपाउने भएपछि चिया बगानमै हुर्की रहेको हो ।

चिया टिपाई नभए पछि इलामका चिया कारखानाले प्रशोधन समेत गर्न पाएका छैनन् । मुख्य आम्दानीका रुपमा चिया खेती गर्दै आएका किसानलाई चिया टिप्न नपाए पछि समस्या भएको छ भने चिया बगानमा ज्याला मजदुरी गर्ने सयौ मजदुरलाई हातमुख जोर्न समस्या पर्न थालेको छ । इलामको देउमाई नगरपालिकाले कारखाना र बगानले तोकेका थोरै ब्यक्ति सुरक्षित रुपमा गएर चिया टिप्ने र कारखाना सम्म लैजाने ब्यवस्था गरेको छ । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्