Logo

आफैलाई जोखिममा पारेर कोरोना भाइरसविरुद्ध लड्ने यी डाक्टर



एजेन्सी, १९ चैत्र । यी हुन् रुसका डाक्टर डेनिस प्रोटसेन्को । रुसको राजधानी मस्कोस्थित कोरोना भाइरस अस्पतालका प्रमुख हुन् । जो अहोरात्र कोरोना भाइरसको रोकथाम र संक्रमणमा परेका मानिसलाई बचाउन लागिपरे । तर, उनैलाई कोरोना भाइरसको संक्रमण भयो ।
प्रोटसेन्कोले कोरोना भाइरसको रोकथाम र जोखिमबाट बच्ने उपायबारे सामाजिक सञ्जालमा पोष्ट गरिरहन्थे ।

धेरै रुसीहरुले उनलाई फलो गरेका थिए । उनी एकातर्फ अस्पतालमा सक्रिय भइरहेका थिए भने अर्कातर्फ सामाजिक सञ्जालबाट रुसी जनतालाई रोगबाट बच्न सही सूचना दिइरहेका थिए । उनको सक्रियता देखेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन खुशी भए । पुटिनले उनलाई भेटे र विना मास्क लगाएर कुराकानी गरे ।

गत मंगलबार पुटिनसँग डाक्टर प्रोटसेन्कोको भेट चर्चामा आएको थियो । दुवैले हात मिलाएका थिए । ६७ वर्षीय पुटिनले प्रोटसेन्कोसँग कोरोना भाइरस अस्पतालको प्रमुख भन्ने जान्दाजान्दै भेटेर हात मिलाएर प्रशंशा गरेका थिए ।

प्रोटसेन्कोलाई कोरोना भाइरसको संक्रमण भएपछि पुटिनको पनि टेष्ट भयो उनीको टेष्ट नेगेटिभ आइसकेको छ । साथै प्रोटसेन्कोले आफू केही राम्रो अनुभव गरिरहेको भन्दै ठिक भएर पुनः काममा फर्कने बताएका छन् । उनले लेखेका छन्, हो मेरो टेष्ट पोजेटिभ आएको छ तर केही राम्रो महशुश गर्न थालिसकेको छु । म कार्यालयमा सबै अवस्थामा काम, व्यवस्थापन र मेडिकल सुझावमा खटिए । मलाई लाग्यो कि यस महिनाभरी विकास भएको रोग प्रतिरोधात्मक क्षमताले आफ्नो काम गरिरहेछ ।

फेसबुकमा मास्क लगाउँदै फोटो पोष्ट गरेका उनले आफू आइशोलेशनमा बसेको र चाँडै काममा निरन्तरता दिनसक्ने लेखे । रुसको कोरोना भाइरविरुद्धको लडाईंमा प्रोटसेन्को अग्रिम मोर्चामा छन् । उनले आफ्नो अस्पतालको काम र विरामीको उपचारबारे जानकारी दिइरहन्छन् ।
प्रोटसेन्कोले सन् २००३ मा विद्यावारिधी समेत गरेका छन् । उनको १८ पुस्तक र पुस्तकको च्याप्टरका अलावा १५ वटा मेडिकल जर्नलमा आर्टिक प्रकाशित छ ।

Photo Source: Agencies



प्रतिक्रिया दिनुहोस्