Logo

कोरोनाले नेपालको विकास निर्माणमा ठूलो धक्का



काठमाडौं,चैत २० । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमणकाल अन्त्यपछि भर्खरै आधार तय भएर गति लिने क्रममा रहेको नेपालभरकै विकास निर्माणमा ठूलो धक्का लागेको छ ।

कोरोना भाइरसको महामारीका कारण विकास निर्माणको काम निर्बाध रुपमा अघि बढाउन नसकिने परिस्थितिका कारण अपवादबाहेक सबै विकास निर्माणको काम ठप्प बनेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय, खानेपानी मन्त्रालय, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित सबै प्रकारका विकास निर्माणको काममा असर परेको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्