कुन्ती यदुवंशका राजा शुरसेनको छोरी थिइन् । बचपनमा उनको नाम पृथा थियो । राजा शुरसेनको जेठो भाई कुन्तीभोज निसन्तान थिए । उनले कुन्तीको पालन पोषण गरे । एक पटक कुन्तीले ऋषि दुर्वासाको सेवा गर्ने मौका पाइन् उनको सेवामा खुशी भएर दुर्वासाले वरदान माग्न भने । ऋषिले भने, “म तिमीलाई देवीमन्त्र दिन्छु, जसको प्रयोग गरेर तिमीले कुनै पनि देवतालाई आमन्त्रित गर्न सक्छौ । जतिबेला आवश्यकता पर्छ उक्त समयमा प्रयोग गर्नु । ” कुन्तीले कौमार्यावस्थामा कौतुहलतामय प्रकृतिमा तेजस्वी देवता सुर्यको ध्यान गरिन् ।
वरदान स्वरुप सुर्य जस्तो तेजस्वी बालकको जन्म दिइन् । उनी एक वर्षसम्म महल भित्र नै एकान्त साधानाको बहानामा भित्रै बसिन् । विश्वासिलो दासीको सहायतामा आफ्नो छोरालाई कर्ण नाम दिएर नदीमा बगाइदिइन् ।
हस्तिनापुरको राजा विचित्रवीर्यको सानो छोरा पाण्डुसँग उनको विवाह भएको थियो । पाण्डुको ठुलो दाई धृतराष्ट्र अन्धा थिए । पाण्डुले आफ्नो पराक्रमले धेरै राज्य जितेका थिए । उनी सधै दुई पत्नि कुन्ती र माद्रीसँग हिमालय पर्वत जान्थे । पाण्डुको अकस्मात क्षयरोगका कारण सन्तान जन्माउन अयोग्य भए ।
कुन्तीलाई दुर्वासा दिएको वरदानबाट ३ छोराको जन्म दिए, युधिष्ठिर, अर्जुन तथा भीम जन्मिए । माद्रीबाट नकुल र सहदेव उत्पन्न भए । पाण्डुको मृत्युमा दुवै रानीहरु शती जान चाहान्थे तर माद्रीले आफ्नो छोराहरुको पनि कुन्तीलाई जिम्मा दिएर शती गईन ।
कुन्ती धेरै परोपकारी थिइन् एक पटक ब्राह्मणले कुन्तीको नरभक्षीको अत्याचार बारेमा सुनाएर मुक्तिको उपाय सोधे । कुन्तीले भीमको उस राक्षसको संहार गर्न पठाइन् र शक्तिशाली भीमले उक्त राक्षसको मारीदिए । महाभारतको युद्धको समयमा कुन्तीले आफ्नो छोरा मर्छन कि भन्दै सिर उठाउँथिन् ।
उनले कृष्णको सहायताले दुर्योधनलाई सन्धि प्रस्ताव पठाएका थिइन् ताकी युद्ध नहोस् । तर दुर्योधनले मानेनन् । कुन्तीले राज्य टुक्रिने, जुवामा हार्ने, आफ्नो पुत्रको अपमान, कुशल बुहारी द्रौपदी अपमान झेल्नेको कष्ट सहेकी थिइन् । कुन्तीले द्रौपदीको अपमानको प्रतिशोध लिन पाण्डुहरुलाई भनेकी थिइन् ।
कौरवहरुले लक्ष्यगृहमा आगो लगाउदा पाँच पाण्डवहरु बचेका थिए । कुन्तीले अन्जानमै आफ्नी बुहारी द्रौपदीलाई पाँच पाण्डवको पत्नी बन्नेको बचनमा बाधिदिएकी थिइन् । कुन्ती पुत्र हुनाले कर्णले जीवनभर लोकनिन्दाको डरबाट अपमान र दुख सहेका थिए । छोरा कर्णको अपमानजनक दशा देखेर कुन्ती धेरै रुन्थिन् ।
लोकनिन्दाको डरले जन्मजात नै सुनको कुन्डल धारण गरेका कर्णसँग अन्तिम समयमा आफ्नो पुत्रहरुको प्राणरक्षाको भिख मागेर पुत्रहरुप्रति स्नेह प्रकट गरिन् । कुन्तीले युद्ध शुरु हुनुभन्दा पहिले नै कर्णसँग पाँच छोराहरुको प्राणको रक्षागर्ने वचन मागेकी थिइन् ।
यसको बदलामा उनले कर्णलाई अभिशापित जीवन दिइन् । यो अपराधको बोध उसले जीवनभर भोगीरह्यो । महाभारतको युद्धमा पाण्डवको विजयपछि उनले हस्तिनापुर राज्य मिल्यो । तब कुन्ती १५ वर्षसम्म राजमाताको रुपमा सुख भोगेर गान्धारी, धृतराष्ट्रको साथमा वनवास गइन् । जानुभन्दा पहिला द्रौपदीको सम्मानको हरेक समय रक्षा गर्ने तथा दुभाग्यशाली पुत्र कर्णको मृत्युपछि प्रत्येक वर्ष श्राद्ध–कर्मको विधिवत गर्ने पाण्डवहरुलाई वचन लिन लगाइन र वनवासको कष्ट सहेर वैराग्यको साधना पुर्ण गरी आफ्नो प्राण अग्नी देवतालाई समर्पित गरिन् ।