Logo

को-को हुन् छजना कोरोना भाइरस संक्रमित (सूचीसहित)



काठमाडौं, २० चैत्र । नेपालमा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या छ पुगेको छ । आज अर्का संक्रमित भेटिएपछि संख्या छ जना पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार छैंठौ संक्रमित उपत्यका बाहिरका हुन् ।

उनको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ भेटिएको थियो । उनी बाग्लुङकी महिला हुन् र उपत्यकाबाहिर उपचार गराइरहेकी छिन् ।

नेपालमा कोरोना भाइरसको संक्रमित तीनजना एउटै विमानबाट फर्केकाहरु हुन् । ४ चैत्रमा कतारबाट काठमाडौं आएको कतार एयरवेजको क्युआर ६५२ मा यात्रा गरेकाहरुमध्ये तीनजना संक्रमित भेटिइसकेका छन् । नेपालमा दोस्रो, पाचौं र छैठौं संक्रमित सोही विमानमा चढेका थिए ।

कोरोना भाइरसका पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए । उनी स्वस्थ भइसकेका छन् ।

नेपालगञ्ज स्थायी घर भएका पहिलो संक्रमित अहिले स्वस्थ भई सामान्य जीवनयापनमा फर्किइसकेका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि पुगेका थिइन् । उनको परीक्षणमा कोरोना भाइरसको सक्रमण भेटिएको थियो । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको गत बुधबार पुष्टि भएको हो । उनी ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको थियो ।

चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

संक्रमितबारे
पहिलो संक्रमितः चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
छैठौं संक्रमितः कतार हुँदै फर्किएकी बाग्लुङकी महिलाको २० चैत्रमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्