काठमाडौं, २० चैत्र । सरकारले लकडाउन लगाएको आज दशौं दिन हो । यो लकडाउन यही चैत्र २५ गते राति १२ बजेसम्म जारी रहन्छ । यो अवधिमा नेपाली जनताले सरकारको आदेशको पूर्ण पालना गरेका छन् । काठमाडौं उपत्यकाको कुरा गर्दा अधिकांश सडकहरु खाली नै छन् ।
मुख्य-मुख्य शहर र बजार केन्द्रहरुसमेत सुनसान देखिएका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले लकडाउनको दशौं दिन आज कोरोना लकडाउनलाई न्युरोडदेखि कीर्तिपुर त्रिभूवन विश्वविद्यालयसम्म नियाँलेका छन्।