Logo

अष्ट्रेलियाका प्रधानमन्त्रीले भने : विद्यार्थीहरुलाई समस्या भए आफ्नो देश फर्कन सक्छन्



काठमाडौं, २१ चैत्र । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले त्यहाँ रहेका विद्यार्थीलाई समस्या भए आफ्ना्े देश फर्कन सक्ने टिप्पणी गरेका छन् । उनले विद्यार्थीमात्रै होईन अस्थायी भिषामा रहेकाहरूलाई पनि यदि गाह्रो अवस्था भए आफ्नो देश फर्कन सक्ने सुझाव दिएका छन्। प्रधानमन्त्री मोरिसनको यो अभिव्यक्तिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई समेत प्रभाव पर्ने देखिएको छ ।

कोरोनाभाइरसका कारण अष्ट्रेलियामा देखिएको आर्थिक संकट टार्न लागिपरेका प्रधानमन्त्री मोरिसनले पत्रकार सम्मेलनमा बोल्दै पढ्न आएकाहरूले पहिलो वर्षमै कठीन भयो भन्नु उचित नहुने बताए। उनले सम्बोधनको क्रममा भने,‘यो विषयमा अध्यागमनले हेर्ने भए पनि पढ्न आएको पहिलो वर्षमै कठीन भयो भन्नु उचित होइन, साँच्चै गाह्रो छ भने आ(आफ्नो देश फर्कन सक्नुहुनेछ।’

तर, अरू भिजिटर र आप्रवासीहरूका सन्दर्भमा उनीहरूलाई अष्ट्रेलिया बस्न बाध्यकारी नबनाएको उनको भनाई थियो । उनले भनेका छन्,‘हामीले उहाँहरूलाई यहाँ बस्न बाध्यकारी बनाएका छैनौं। समस्या भए आफ्नो देश फर्कन सक्नु हुनेछ।’ file photo



प्रतिक्रिया दिनुहोस्