Logo

लकडाउनको ११औं दिन : आरुबारीदेखि सुन्दरीजलसम्म नियाँल्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, २१ चैत्र । आज लकडाउनको ११औं दिन हो । सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको लागि चालेको यो कदम सराहनीय छ । लकडाउन यही चैत्र २५ गतेसम्म कायम गरिएको छ । कोरोनाविरुद्ध लड्न विश्वका सबैजसो देशले यो विधि अपनाएका छन् ।

नेपाल सरकारको लकडाउन आदेश आम नेपाली जनताले पूर्ण रुपमा पालना गरेका छन् । तर, उक्त आदेश छिटपुट रुपमा उल्लंघन गरिएका घट्नाहरु पनि आएका छन् । उल्लंघन गर्नेहरुलाई सरकारले नियन्त्रणमा लिएर कारबाहीसमेत गर्ने गरेको छ । सरकारले चैत्र २५ गतेपछि पनि एक साताजति लकडाउन थप्ने तयारी गरेको छ । परराष्टमन्त्री प्रदीप ज्ञवालीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा उक्त तयारीबारे जानकारी दिएका छन् ।

लकडाउनको आज ११औं दिनमा काठमाडौंको आरुबारीदेखि सुन्दरीजलसम्मको सकसलाई हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले आफ्नो क्यामेरामा कैद गरेका छन् । हेरौं तस्विर :

 



प्रतिक्रिया दिनुहोस्