Logo

अनलाईनमार्फत एनआईसी एशिया बैंकमा खाता खोल्न सकिने



काठमाडौँ २२ चैत : एनआईसी एशिया बैंक लिमिटेडले अनलाईन खाता खोल्ने व्यवस्था मिलाएको छ । बैंकमा खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने व्यवस्था उक्त बैंक ले मिलाएको हो ।

एनआईसी एशिया बैंकको आधिकारीक वेवसाइटमार्फत ग्राहकहरुले सजिलै निःशुल्क अनलाईन खाता खोल्न सकिने बैंकले जनाएको छ । खाता खोलिसकेपछि ग्राहकले पाएको खाता नम्बरको आधारमा उनीहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्नेछन् ।

अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ , जसले गर्दा ग्राहक महानुभावहरुलाई वार्षिक १४ हजार रुपैयाँ फाइदा हुनेछ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहकले रु ५०० सम्म रकम फिर्ता पाउन सक्नेछन् । देशभरका २ हजार ५०० भन्दा धेरै पसल, रेष्टुरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहकहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक ४ हजार सम्मको रकम फिर्ता पाउन सक्ने व्यवस्था बैंकले गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । उक्त सेवाहरुका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । एनआईसी एशिया बैंकको यो प्रभावकारी सेवाले सम्पूर्ण ग्राहकमा उत्साह ल्याउने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्