Logo

कोरोना भाइरसको भ्याक्सिनको विकास गर्दै रुस



एजेन्सी, २३ चैत्र । रुसले कोरोना भाइरसको भ्याक्सिन विकास गरिरहेको खुलेको छ । उसले जनावरमा भ्याक्सिनको परीक्षण गरिरहेको खुलेको हो ।

रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको क्लिनिकल परीक्षण अप्रिल महिनाभित्र पूरा हुनेछ । अहिले मुसालगायत विभिन्न जनावरमा भ्याक्सिनको परीक्षण भइरहेको छ । जनावरमाथिको परीक्षण अप्रिलमै सकिनेछ । मे महिनाबाट पूर्व क्लिनियक परीक्षण शुरु भइसक्नेछ । भ्याक्सिनको विकास भेक्टर स्टेट रिसर्च सेन्टर अफ भिरोलोजी एन्ड बायोटेक्नोलोजीले गरिरहेको हो । जुन महिनाको अन्तसम्म पूर्व क्लिनिकल परीक्षण पूरा भई क्लिनिकल परीक्षण शुरु हुनेछ ।

शुरुमा भ्याक्सिनका विभिन्न पदार्थहरु बनाइनेछ । पूर्व क्लिनिकल अध्ययन भइरहेको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्