Logo

कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबैको कोरोना टेष्ट



काठमाडौं, २३ चैत्र । सरकारले कैलाली र कञ्चनपुरमा रहेका सबैको कोरोना संक्रमण भए नभएको टेष्ट गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले उक्त निर्देशन दिएपछि स्वास्थ्य सेवा विभागले टेष्ट अगाडि बढाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुर जिल्लाभरको क्वारेन्टाइनमा रहेकाको टेष्ट गरिने बताए । उनले भने, ‘सरकारको निर्देशनको पालना गर्दै कैलाली र कञ्चनपुरको क्वारेन्टाइनमा रहनुभएकाहरुको कोभिड १९ को रेपिड टेष्ट गरिनेछ ।’

कैलालीमा एकजना र कञ्चनपुरमा दुईजनाको हिजो संक्रमण पत्ता लागेको थियो । उनीहरुमध्ये दुईजना क्वारेन्टाइनमा र एकजना सेल्फ आइशोलेशनमा रहेकाहरु थिए ।

यसैगरी, बाग्लुङमा संक्रमित दुईजनाको सम्पर्कमा आएका सबैको कोरोना टेष्ट हुने डा. देवकोटाले जनाए । बाग्लुङमा विदेशबाट आएका युवती र वृद्धा उपचाररत छन् ।



प्रतिक्रिया दिनुहोस्