Logo

सरकारले प्रचार मात्रै गर्यो, काम खै ?



चैत २४, काठमाण्डौ । कोरोनाविरुद्द लड्न सरकारले चालेका कदम प्रभावकारी नभैरहेका बेला विभिन्न सल्लाह र सुझाब आइरहेका छन् ।

नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारको उदासिनता र अकर्मण्यताले नसोचेको राष्ट्रिय विपत्ति नजिकिँदै गएको वताएका छन्।

सामाजिक सन्जाल फेसबुकमा लेख्दै नेता पौडेलले भनेका छन् – सरकारले मन्त्रीपरिषद मार्फत निर्णय गर्ने र प्रचार मात्र गर्ने शैलीले संकट झनै अवश्यम्भावी रहेको देखिन्छ । यस संवेदनशील परिस्थितिमा कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा तत्काल देहायका कार्यहरु ईमान्दारिताका साथ गर्नु पर्ने अवस्था रहेको देखिन्छ :

१, कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न हुने स्वास्थ्य कर्मचारी तथा सुरक्षाकर्मीलाई लजिष्टिक सपोर्ट तत्काल उपलव्ध गराई संक्रमित पहिचान र उपचारका लागि हरेक स्थानीय तहमा कम्तिमा एक “क्विक रेस्पोन्स टिम” गठन गरि आवश्यक कार्य अगाडि बढाईयोस ।

२,यो कछुवा गति भन्दा पनि ढिलो हुने परीक्षण बिधिले हामी समस्या समाधान गर्न सक्दैनौ। संक्रमितको सम्पर्कमा रहेकाहरूको खोजी गर्ने ,उनीहरूको परीक्षण गनै,लक्षण देखिएकाहरूको सहज परिक्षण हुने स्थिति बनाउने
परीक्षणको दायरा फराकिलो बनाउन परीक्षणको गति र संख्या बढाउन आबश्यक कार्य अगाडि बढाईयोस ।

३,उक्त कार्यका लागि आवश्यक पर्ने वजेटका लागि नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सरकारले चालू आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत ३० हजार घर निर्माण गर्न विनियोजित रू ४३० करोड, २० हजार घरको खर तथा फुसको छानो फेर्न विनियोजित रकम रू ७३ करोड र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सवै माननीयका लागि ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ नाम दिएर विनियोजित रू ९९० करोड रकमलाई तत्काल रकमान्तर गरी ईमान्दारिताका साथ सदुपयोग गर्ने ।

४,प्रधानमन्त्रीज्यूको निर्वाचन क्षेत्र झापामा निर्माणाधिन ‘भ्यू टावर’ जस्तै पहुँचका आधारमा विनियोजित रकमलाई समेत “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष”मा रकमान्तर गरी जनस्वास्थ्यमा संवेदनशील हुनुपर्ने ।

५,चालू आर्थिक बर्षमा विनियोजित बजेट मध्ये खर्च नभएका अन्य धेरै शिर्षकमा रहेका रकमलाई ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रकमान्तर गरी ईमान्दारिताका साथ सदुपयोग गर्ने।बजेटको समस्या होइन इच्छा शक्ति र कुशल ब्यबस्थापनको क्षेमता नपुगेर काम हुन सकिरहेको छैन।प्रधानमन्त्रीको समयमै ध्यान जाओश।

पछिल्ला दिनमा नेता पौडेलले एकपछि अर्को गर्दै सल्लाह दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्