काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिमात्रै देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सम्बोधन भोलिमात्रै हुने जानकारी दिए । पत्रकार ऋषि धमलालाई दिएको जानकारीमा उनले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेको कदम र भावी योजनाबारे जानकारी दिन देशवासीको नाममा फेरि सम्बोधन गर्न लागेका हुन् ।
अहिले केही बेरमा बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु हुँदैछ । मन्त्रिपरिषद बैठक समापन भएपछि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भनिएको थियो। आजको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि एक साता थप्ने बुझिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एक साता लकडाउन थप्नेगरि सिफारिश गरेको छ ।