Logo

जसले कोरोनाविरुद्ध लड्न १३ करोड दिए उनैले संक्रमणबाट आमा गुमाए



एजेन्सी, २४ चैत्र । गत महिना म्यानचेष्टर सिटीका म्यानेजर पेप गुआरडिओलाले १० लाख युरो सहयोग दिएका थिए । उनले मेडिकल सामाग्री र बचाऊका सामाग्री खरिदमा प्रयोग हुने गरी सहयोग दिएका थिए ।

नेपाली रुपैयाँ १३ करोड बराबरको सहयोग गरेका गुआरडिओलालाई आज वियोगको सामना गर्नुपरेको छ । उनी ८२ वर्षीया आमाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

बार्सिलोनाका स्थायी बासिन्दा गुआरडिओलालाई सँसारभरका क्लबका म्यानेजरले मातृवियोगका कारण दुःख व्यक्त गरेका छन् । ४९ वर्षीय गुआरडिओला सन् २०१६ यता सिटीको म्यानेजर छन् ।



प्रतिक्रिया दिनुहोस्