Logo

महाभारत युद्धको परिणाम



आज नि महाभारतको चर्चा निकै गरीन्छ तर यस युद्धको परिणाम भने कम मात्रामा चर्चा भएको पाइन्छ । यस युद्धमा सम्पुर्ण भारतवासीहरुलाई परेको प्रभावले यसको चर्चा धेरै कम भएको हो ।

कौरव पाण्डवका सेना कति थिए

श्रीकृष्णको एक अक्षौहिणी नारायणी सेना मिलाएर कौरवसँग ११ अक्षौहिणी सेना थिए । पाण्डवको भने ७ अक्षौहिणी सेना एकत्रित भएका थिए । यसरी सबै महारथी र सेनालाई मिलाएर कुल ४५ लाख भन्दा धेरै मानिसहरुले युद्धमा भाग लिएको अनुमान गर्न सकिन्छ । उक्त समयमा पुरै धरतीमा नै जनसख्या धेैरै थिएन ।

युद्धमा कति बाँचे

४५ लाख सेनाकोबीच महाभारत युद्ध १८ दिनसम्म चलेको र यस युद्धमा १८ योद्धा मात्र जीवित मात्र बचेका थिए । महाभारतको युद्ध पश्चात कौरवको पक्षमा मात्र ३ जना बचेका थिए भने दुर्योधन लगायत उनका ९९ भाई र अन्य मरेका थिए र पाण्डवको पक्षको १५ जना मात्र जीवित थिए ।

कौरव पक्षका कृतवर्मा, कृपाचार्य र अश्रथमा बचेका थिए । पाण्डव पक्षमा भने युयुत्सु, युधिष्ठिर, अर्जुन, भीम, नकुल, सहदेव, कृष्ण, सात्यकि आदी ।

इतिहासको केही पानामा महाभारत युद्धमा ३९ लाख ४० हजार योद्धा मारेको भेटिन्छ । यो युद्धमा बुढा र जवान धेरै लडेको देखिन्छ । कसैको जवान छोरा मारीए भने कसैको श्रीमान मारिए ।



प्रतिक्रिया दिनुहोस्