काठमाडौँँ, २८ चैत । उपत्यकामा कोराना भाइरस (कोभिड–१९)को सङ्क्रमणपछि गरिएको लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहाय गरी एक लाख ६१ हजार ७६५ घर परिवारले राहत सामग्री लिएका छन् । स्थानीय सरकारबाट राहत उपलब्ध गराउने सरकारी योजना अनुसार ती व्यक्तिलाई राहत प्याकेज दिइएको हो ।
स्थानीय तहमार्फत असङ्गठित क्षेत्रमा कार्यरत व्यक्तिका लागि राहत सामग्री वितरण गरिएको हो । पसलबाट ग्राहकको घरसम्म सामान ओसारपसार गर्ने व्यक्ति, पर्यटक भरिया, निर्माण सामग्री भरिया, सवारी साधन नचल्ने स्थानमा आवश्यक वस्तु ओसारपसार गर्ने व्यक्ति, ट्रक, टिप्पर र भ्यानबाट सामान लोड गर्ने व्यक्ति र दैनिक ज्याला लिने व्यक्तिलाई राहत सामग्री वितरण गर्ने मापदण्ड बनाइएको थियो ।
उपत्यकामा भने आफ्नै घर भएका, सरकारी जागिरेहरूले समेत राहत सामग्री लिएकाले वास्तविक विपन्न को हुन् छुट्टयाउन कठिन भएको फोरमले जनाएको छ ।
त्यस्तै आफ्ना नातेदारबाहेकका अन्य व्यक्तिका घरमा दैनिक बालबच्चा, शिशु, ज्येष्ठ नागरिक हेरचार गर्ने व्यक्ति, गिट्टी कुट्ने, बालुवा चाल्ने र इँटाभट्टामा काम गर्ने मजदुर, नाङ्लो पसले, दैनिक रूपमा फुटपाथ, ठेलगाडा र साइकलमा सामान बिक्री वितरण गर्ने व्यक्ति, मालवाहक सवारी चालक, डेलिभरी भ्यान सवारी चालक र सहचालक, रिक्सा तथा ठेलागाडा चालकलाई राहत प्रदान गर्न सकिने मापदण्ड छ । (गोरखापत्रबाट)