काठमाडौं, चैत २८ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले कोरोना भाइरस (कोभिड–१९) को मुलुक ‘लकडाउन’ भएकाले आर्थिक सहयोग गरेको छ ।
कोरोना भाइसर संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख र स्थानिय सरकारको समन्वयमा वित्तीय संस्थाको समूहमा आवद्ध सदस्यमध्ये अति विपन्न परिवारलाई खाद्यान्नका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्नै निर्णय भएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत –सिईओ) रामबहादुर यादवले बताए ।
कोरोना भाइरसका कारण मुलुक अहिले लकडाउन भएको छ भने संस्थामा आवद्ध दैनिक काम गरेर गुजारा गर्दै आएका सदस्यहरुलाई खाधान्न उपलब्ध गराउने उदेश्यले उक्त रकम वितरण गर्ने निर्णय गरेको उनले बताए । त्यसैगरी, सरकारलाई आर्थिक सहयोग गर्नै कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारको कोषमा १० लाख रुपैयाँ प्रदान गरिने उनले बताए ।
वित्तीय संस्थाका हाल मुलुकका ४७ जिल्लाका ६५ शाखा कार्यालयमार्फत लघुवित्त सम्वन्धि सेवा दिदै आएको छ । करिब ९० हजार भन्दा बढी परिवारालाई लघुवित्त सम्वन्धि सेवा दिदै आएको संस्थाको हालसम्म करिब चार अर्ब २५ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ । त्यसैगरी, करिब एक अर्ब ६० करोड रुपैयाँ सदस्यहरुको बचत संकलन गरेको सिइओ यादवले बताए ।