Logo

आज २०७६ चैत्र २८ गते शुक्रबारको राशिफल



काठमाडौं, २८ चैत्र । आज श्री शाके १९४१ बि।स।२०७६ साल चैत्र २८ गते शुक्रबार इश्वी सन २०२० अप्रिल १० तारीख बैशाख कृष्णपक्ष तृतीया तिथी विशाखा नक्षत्र वज्र योग वणिज करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा मातंग योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु साँखुयात्रा ९सको यात० (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । व्यापार तथा व्यवसायको क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको विश्वासमा विश्वासघात हुनसक्छ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । पारिवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको सामान्य खर्चले भोलिलाई फाईदामूलक हुनेछ । प्रिय व्यक्तिको भेटले मन प्रशन्न रहला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिष्र्धाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थ्यमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन् आर्थिक अभावको सामना गर्नुपर्ने छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हं सामान्य अप्रिय खबरले मानसिक चिन्ता व्यहोर्नुपर्ला । साझेदारी कामको आम्दानी भने उत्तम रहनेछ । बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा वृद्धि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बौद्धिकक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । आयआर्जनका निम्ति समय राम्रो रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परीश्रमअनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सवारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरिष गर्नेहरुबाट बच्नु पर्ला । पारिवारिक साथ र सहयोगबाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।सभा तथा सम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । प्रिय खबरद्वारा मन प्रशन्न रहला । मित्रजनको साथ र सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । मित्र तथा दाजुभाईहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) क्रोधको कारण मानसीक चिन्ता रहन सक्छ । मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । विश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । वाणीका कारण आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शारिरिक आलस्यताले सताउने छ । साधारण चोटपटक लाग्न सक्ने सम्भाबना रहेको छ । साझेदारी काममा हात नहालेकै बेस हुने छ । मनमा आट र साहसको कमीले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जीवनसाथीको साथ सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खराब संगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्झट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिष्पर्धाजन्य कार्यमा बिशेष सजग रहनु होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्रसँगको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सभा तथा सम्मेलनमा सरिक हुने अवसर प्राप्त हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुशलताले गर्दा आम्दानीको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । स्थिर क्षेत्रमा गरिएका लगानी उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) अरुको भर परेर गरिएका कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानीको क्षेत्रमा सजग रहनुपर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्यजनको साथ । सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरिरहेका कामको क्षेत्रमा अपजस सहनुपर्ला । भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ ।



प्रतिक्रिया दिनुहोस्