Logo

द्रोपदी विहान स्नान गरेपछि पुनः कुमारी हुन्थिन्



महाभारतको एउटा कथा अनुसार द्रोपदी पाँचाल देशको राजा द्रुपदको छोरी थिइन् । यसैले उनलाई ‘पांचाली’ भनिएको हो । राजा द्रुपदले द्रोपदीलाई कुरु वंशको नाशको लागि यज्ञबाट उत्पन्न गराएका याज्ञनिकले बताएका छन् ।

महाभारतको आदिपर्वमा द्रोपदीको जन्म व्यासजीले द्रौपदीको कहानी सुनाए । उनले भनेका छन् यस्नी पुर्व जन्ममा ऋषि कन्या थिइन् । आफ्नो कर्मको फलस्वरुप कसैले यीनीसँग विवाह गर्न मानेनन् । तब यिनले शिवजीको घोर तपस्या गरीन् । उनको तपस्याबाट प्रसन्न भएर शिवजीले भने, ‘तिमीले वर माग । ’ तब उनले भनिन्, ‘म सर्वगुण सम्पन्न युक्त पति चाहान्छु । ’

उनको माग सुनेर भगवान शंकरले भने, ‘तिमीलाई पाँच भरतवंशी पनि प्राप्त हुन्छ ।’ उनले भनिन्,‘ म त हजुरको कृपाबाट एक मात्र पति चाहान्छु । ’ तब भगवान शंकरले भने, ‘तिमीले पति प्राप्त गर्नको लागि पाँच पटक प्राथना ग¥यौ । मेरो कुरा अन्यथा हुनसक्दैन । दास्रो जन्ममा तिम्रो पाँच पति प्राप्त हुनेछ । ’ उनलाई पाँच पति हुने र बिहान स्नान गरेपछि पुःन कुमारी हुने वरदान प्राप्त भएको थियो ।

भगवान शिवजी को वरदान पाएकी द्रोपदीको दोस्रो जन्ममा पाँच पाण्डवसँग विवाह भयो । जसमा युधिष्ठिर धर्मका ज्ञानी थिए । भीम हजार हात्तीको शक्तिबाट पुर्ण थिए । अर्जुन अद्धुत योद्धा र वीर पुरुष थिए । सहदेव उत्कृष्ट ज्ञानी थिए र नकुल कामदेवको समान सुन्दर थिए ।



प्रतिक्रिया दिनुहोस्