Logo

१५ दिनभित्र नेपाललाई कोरोनामुक्त बनाउँछौं- स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटा



काठमाडौं, २९ चैत्र। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परिक्षणको काम १५ दिनभित्र पुरा गर्ने दावी गरेको छ । अहिले सवै प्रदेशमा आवस्यक सामाग्री र चिकित्सकहरु पुगिसकेकाले दैनिक एक हजार बढीको परिक्षण भइरहेको भन्दै मन्त्रालयले आवस्यक सामान तुरुन्तै खरिद गर्ने निर्णय भइसकेको जनाएको छ ।

ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरागर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आवस्यक औषधीका लागि टेण्डर भइसकेकाले केहि दिनभित्र आइसक्ने दावी गर्नुभयो । औषधी खरिदमा भएको भ्रष्टाचारको विरोध गर्ने लेखा प्रमुखको सरुवाका विषयमा आफुलाई थाहा नभएको भन्दै उपलब्ध स्रोत र साधनबाट स्वास्थ्य मन्त्रालयले आक्रामक रुपमा काम गरिरहेको बताए ।

देवकोटाले स्वास्थ्य मन्त्रालयले परिक्षणको दायरा बढाएरु ३७ सयको परिक्षण गरिसकेको र नेपालका लागि धेरै ठूलो उपलब्धि भएको भन्दै सुदूरपश्चिममा हवाइ यातायातबाट नमुना परिक्षण गरिरहेको बताए। यस अघि सेवा गरीसकेका सेवा निबृत चिकित्सकलाई बोलाएको र छात्रबृतिमा रहेको चिकित्सकलाई पनि सहयोग गर्न आग्रह गरिएकाले १५ दिनभित्र नेपाललाई संक्रमण मुक्त बनाएर सवैलाई सुरक्षित बनाउने दावी गरे

उनले भने,‘अबको दुई हप्तामा हामी आक्रमक काम गर्छौ । टेस्टका लागि आवस्यक किट सवै जिल्लामा पुर्याएका छौँ । अहिलेलाई पर्याप्त छ । अरु मगाएका छौ । स्वास्थ्य मन्त्रालयले पठाएका सामाग्री र त्यहाँको स्वास्थ्य अवस्था बुझ्नका ३ जनाको टोली हरेक प्रदेशमा पठाएको उनिहरुले हेर्छन र रिपोर्ट पठाउँछन् ।

प्रवक्ता देवकोटाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हजारौको डाटा संकलन गरेर पठाएको भन्दै अब फिल्डमै गएर काम गर्ने बताए । कोरोना संक्रमणको प्रगतिका बारेमा दलका नेताहरुले समाचारबाट थाहाँ पाइरहेकाले मन्त्रालयले जानकारी गराउन आवस्यक नभएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्