Logo

स्वास्थ्य सामग्री खरिद गर्न पाँच मुलुकलाई पत्राचार



काठमाडौं,चैत २९ । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएसँगै नेपाली सेनाले खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य सामग्री खरिदका लागि पाँच मुलुकलाई पत्राचार गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले रक्षा मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र हुँदै भारत, चीन, दक्षिण कोरिया, सिँगापुर र इजरायललाई पत्राचार गरिएको जानकारी सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

सेनाले रक्षा मन्त्रालयको स्वीकृति पाएसँगै स्वास्थ्य सामग्री खरिदका लागि भारत, चीन, दक्षिण कोरिया, सिँगापुर र इजरायललाई पत्राचार गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएकोमा परराष्ट्रले ती देशलाई स्वास्थ्य सामग्रीको सूचीसहित पत्राचार गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्