Logo

प्रहरीमा शुरु भयो उचाल्ने र पछार्ने क्रम



विश्वमणि सुवेदी: शुक्रबार विहानदेखि रातभरको दौडधुप चल्यो, अनि बल्ल नेपाल प्रहरीले १० जना डिआइजी पाउने गरी बढुवा सिफारिस भएको छ । यससँगै डिआइजी दर्जाको दबरन्दी कटौतीको मारमा परेका प्रहरीका हाकिमहरु तल्लो दर्जाबाटै घर जानुपर्ने स्थिति आउँदा जागिर खाने कि नखाने भन्ने चिन्तामा हिजै रातिदेखि परेका छन् ।

शुक्रबार मध्यरातको बढुवाबारे गृह सचिव महेश्वर न्यौपाने र आइजिपी ठाकुर ज्ञवालीबीच कुरा मिल्न नसक्दा गृह मन्त्रालयमा दिनभर भएको अभ्यास सफल हुन सकेन । त्यसपछि सचिव, आइजीसहित गृहको कप्र हेर्ने सहसचिव रामप्रसाद आचार्यहरु साँझ बालुवाटार पुगे । मन्त्रालयमा केही नामका बारेमा दिनभरि माथापच्ची चलिरहेको थियो । तर, बालुवाटार पुग्दा दिनभरि मन्त्रालयमा तयार पार्दै र काट्दै तलमाथि पारिएका नामहरु बिजोगसँग काँटछाँटमा परे । शुक्रबार विहानै गृहमन्त्री रामबहादुर थापा (बादल) ले केही एसएसपीलाई डिआइजी बनाउनेबारे खुमलटारदेखि नै कडिकडाऊ साथ सिफारिस भएर आएको भन्दै जसरी पनि अघिल्लो बरियतामा पार्न भनेका थिए । तर, सूची बालुवाटारबाट फाइनल हुने भएपछि न खुमलटार, न पुल्चोक, कसैको केही लागेन । पर्नचाहिँ खुमलटार सिफारिसका दुई जना बढुवामा परेको, त ती नाम गृहस्रोतले भन्न चाहेन ।

बालुवाटार पुगेर बढुवा समितिका पदाधिकारीले कार्यसम्पादन मूल्यांकनको नयाँ फारम र नयाँ नम्बर लेख्दै सूची तयार भएको हो । अर्थात्, विहानदेखि मन्त्रालयमा जतिसुकै गलपत्ति चले पनि बालुवाटार पुग्दा ती काम लागेनन् ।

०७४ साउन ११ मा एसपीबाट एसएपी बढुवा हुँदाका शैलेस थापा क्षेत्री, हरिबहादुर पाल एआइजी भइसक्दा त्यही बढुवा मितिका गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल डिआइजी हुनबाट छुटेका छन् । त्यही बढुवा मितिका घनश्याम अर्यालले यो बढुवामा सर्वाधिक ७२ दशमलव ७९०४ अंकका साथ अग्रता लिएका छन् । ०७४ साउन ११ मै एसपीबाट एसएसपी हुने प्रकाशजंग कार्की पनि यो बढुवाको दोस्रो नम्बरमा, बसन्तकुमार पन्त तेस्रोमा र ईश्वरबाबु कार्की चौथोमा छन् । तर, ०७५  जेठ ३ गते एसपीबाट एसएसपी बढुवा भएका सहकुलबहादुर थापाले ०७५ मै एसएसपी भएका धीरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक र उत्तमराज सुवेदीलाई उछिनेर बढुवाको पाँचौ नम्बरमा पु¥याएका छन् । गृहमा अंकन गरिएको कार्यसम्पादन मूल्यांकनको नम्बर बालुवाटारमा हेरफेर हुँदा फिल्ड कमाण्डबापत सहकुलको नम्बर थपेर उनलाई पाँचौ नम्बरमा बढुवा सिफारिस गरियो । जबकी, उनको जत्तिकै नम्बर उत्तम पाएका उत्तम नवौँ नम्बरमा झारिएका छन् । ०७४ साउन ११ को एसएसपी बढुवाको अन्तिम नम्बरमा रहेका रवीन्द्रबहादुर धानुक यो बढुवामा उत्तम सुवेदीलाई उछिनेर आठौँ नम्बरमा परेका छन् । बालुवाटारमा संशोधित कार्यसम्पादन मूल्यांकनबाट लाभान्वित हुनेमा सहकुल, बसन्त र रवीन्द्र हुन् ।

यो बढुवामा छुटेका गणेश ऐर, पुरुषोत्तम कँडेल, दिलीपकुमार चौधरी, राजेशकुमार लालकर्ण, देवबहादुर बोहोरा, रामकृपाल साह, उमेश रञ्जितकारहरु अहिले एआइजी भएर असार २५ गते आइजिपी हुन ठीक्क परेका शैलेस थापा क्षेत्री, हरि पालहरुकै व्याची हुन्, भर्ना मिति ०४९ वैशाख १९ का । असार २५ गते आइजिपीबाट ठाकुर ज्ञवाली, तारिणी लम्साल र डिआइजीबाट सूर्यप्रसाद उपाध्याय रिटायर्ड हुन्छन् । त्यसपछि जम्मा तीनवटा डिआइजीको दबरन्दी खालि हुन्छ । तर, ०४९ वैशाख १९ का १३ अधिकृतमध्ये १० एसएसपीले एसएसपीबाटै रिटायर्ड हुनुपर्ने भएको छ ।

यो मारमा त्यसपछिको टोली पनि त्यसरी नै पर्ने भएको छ । ०४९ चैत चैत ११ मा भर्ना भएका विश्वराज पोखरेल, घनश्याम अर्यालहरुको व्याचले ०७९ वैशाख १९ देखि आइजी हुने मौका पाउँछ । तर, त्यसबेला २०२३ साउन २० गते जन्म मिति भएका विश्वराज पोखरेल ५६ वर्षका हुन्छन् । उनीपछिका घनश्याम अर्याल २०२५ साल साउन २७ का हुन् भने २०२४ साल जेठ ३० का, बसन्त पन्त २०२४ पुस २५ का हुन् । अर्थात्, आउने असार २५ पछि रिक्त हुने दुई एआइजी पदमा विश्वराज बढुवा भएनन् भने उनले उमेर हद लागेर घर जानुपर्ने खतरा रहन्छ ।-जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्