Logo

स्पेनमा डेढ लाख भन्दा बढी संक्रमित, दैनिक मृत्यु संख्यामा सुधार



एजेन्सी २९ चैत : स्पेनमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्यामा कमी आउन थालेको छ । यसलाई स्पेनी अधिकारीहरुले पछिल्लो साढे दुई साता यताकै सुखद समाचार भनेको अन्तराष्टिय समाचार संस्थाहरुले जनाएका छन् ।

स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ सय जनाको मात्रै मृत्यु भएको छ । यो संख्या मार्च २३ पछिको सबै भन्दा कम भएको अलजजिराले लेखेको छ ।

यस्तै अहिलेसम्मकै कम २४ घण्टामा चार सय ६८ जनामा नयाँ संक्रमण भएको पनि स्पेन सरकारले जनाएको छ । स्पेनमा कोरोनाका कारण १५ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । यस्तै संक्रमित हुने मानिसको संख्या एक लाख ५७ हजार २२ पुगेको छ ।

स्पेन सरकारले महामारी नियन्त्रणको बाटोमा अघि बढेको भन्दै आपतकालीन अवस्था अप्रिल २६ सम्म लम्ब्याएको छ । एक लाख ५८ हजार दुई सय ७८ जना मानिस संक्रमित भएका छन् । Photo Source : Deccan Herald



प्रतिक्रिया दिनुहोस्